सेतीको खोंचमा पस्दासम्म टावरसँग सम्पर्कमा थियो जहाज
काठमाडाैं | माघ १, २०७९
काठमाण्डौंबाट पोखराको हवाई दूरी मात्र २५ मिनेटको हो । यही दूरी मापन गर्दा यति एयरलाइन्सको जहाज सेती नदीको खोंचमा पुग्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्कमा रहेको पाइएको छ ।
कलसाइन कलसाइन नाइन एन–एएनसीको जहाज काठमाण्डौबाट बिहान १०ः ३२ मा पोखरा उडेको थियो ।
उक्त जहाज पोखरा टावरसँग १०ः५० मा सेती खोेच भन्ने स्थानबाट सम्पर्कमा आएको र लगत्तै दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार विमानमा चालक दलका सदस्यहरू कमल केसी, अन्जु खतिवडा सृजना होंगचुन र ओसिन आले मगर थिए।

काठमाडौं: २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति गरिएको छ। निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुस...
मकवानपुर: मकवानपुरमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। काठमाडौंबाट हेटौडा तर्फ जाँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो गाडी भीमफेदी गाउँपालिका-६ जुरीखेतस्थित भीमफेदी कुलेखानी काठमाडौँ सडक खण्डम...
काठमाडौं: जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म त्रिवि मैदान कीर्तिपुरमा हुने आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आइतबार इ...

